बक्सअफिसमा गर्जिए ‘कबिर सिंह’

बक्सअफिसमा गर्जिए ‘कबिर सिंह’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार शाहिद कपुर स्टारर सिनेमा ‘कबिर सिंह’ले बक्सअफिसमा बम्पर कमाई गरिरहेको छ । ’बत्ती गुल मिटर चालु’ बाट फ्लप अभिनेताको ट्याग पाएका शाहिदले शुक्रबारबाट रिलिज भएको सिनेमा कबिर सिंहबाट दरिलो कमब्याक गरेको टिप्पणी बलिउड मिडियाले गरेका छन् ।

‘कबिर सिंह’ रिलिजसँगै शाहिदको रिलिजको दिनमा सर्वाधिक कमाई गर्ने सिनेमा बनेको छ । शुक्रबार रिलिज भएको अभिनेता शाहिद कपुर र कियारा आडवाणी स्टारर ’कबीर सिंह’ले वक्सअफिसमा बम्पर सुरूवात गरिरहेको छ । यो सिनेमाले ’पद्मावत’को व्यापारलाई पनि उछिनेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

तरण आर्दशको रिपोर्ट अनुसार सिनेमाले बक्सअफिसमा पहिलो दिन २०.२१ करोड भारु, दोस्रो दिन २२.७१ करोड भारू र तेस्रो दिन २७.९१ करोड भारुको नेट कमाइ गरेको छ । सिनेमाले विकेण्डमा ७०.८३ करोड भारु कमाई गर्न सफल भएको छ । यो सँगै यस वर्षको सर्वा्धिक ठूलो सुरूवाती व्यापार गर्ने दोस्रो सिनेमा बनेको छ । सिनेमालाई विशेषगरी युवावर्गका दर्शकले निकै रुचाएका छन् ।

शाहिद अभिनित ’पद्मावत’ले रिलिजको पहिलो दिन १८.२१ करोड भारूको कमाइ गरेको थियो जबकी सिनेमामा शाहिद सोलो हिरो थिएनन् । ’कबीर सिंह’ सन् २०१७ मा रिलिज भएको तेलेगु सिनेमा ’अर्जुन रेड्डी’को हिन्दी रिमेक हो । सिनेमामा शाहिदका अलावा कियारा आडवाणी, सोहम मजुमदार, अर्जन वावेजा आदिको मूख्य भूमिका रहेको छ । संन्दिप बागाको निर्देशनमा निर्माण भएको सिनेमाले समिक्षबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ ।