‘एकलब्य’को रिलिज डेट र गीत सार्वजनिक

‘एकलब्य’को रिलिज डेट र गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल शर्माले निर्देशन गरेको सिनेमा ‘एकलब्य’ले रिलिज डेट फिक्स गर्दै पहिलो गीत सार्वजनिक गरेको छ । साउन १० मा रिलिज हुने सिनेमाको लोकलय ‘पूर्वै चल्नेया रेल…युट्युबमा आएको छ ।

रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको गीतमा सिनेमाको कलाकार सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले कम्मर मर्काएका छन् । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा कलाकार ओसिन भट्टराई पनि फिचरिङ छन् । राजेन्द बजगाईंको शब्द, संगीत रहेको गीतमा सय भन्दा बढी कोरस प्रयोग गरिएको छ ।

दर्जन बढी सिनेमामा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका अनमोलले पहिलो सिनेमामा पारिवारिक प्रेमकथालाई पस्केका छन् । सिनेमामा सोनाम र ओसिनसँगै महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतको अभिनय छ ।

राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगर मिलेर निर्माण गरेको सिनेमामा राजेन्द बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा/संवाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।