नेपाली फ्यानको लागि आदित्यको भिडियो संदेश

नेपाली फ्यानको लागि आदित्यको भिडियो संदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा विदेशी गायक गायिकाको आगामन बढ्दो क्रममा रहेको छ । केही समय पहिले आयोजीत एक कार्यक्रमका लागी नेहा कक्कड नेपाल आएकी थिइन् । यसै क्रममा नेपालमा अत्धिक खोजिने गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्यले राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत दिनेछन ।‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले बलिउडसँगै नेपाली हिट गीत प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शोज् होस्ट गरेर चर्चामा आएका थिए । आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।

‘रंगीला’ सिनेमा मार्फत अभिनयमा डेव्यु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् । भने, ‘शापित’बाट बलिउडमा अभिनेतको रुपमा डेब्यु गरेका थिए । केहि दिन अगाडी आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाईनल भएको थिएन् ।

उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा नेपाल आउने बताएका छन् । ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नेपाल आउँदैछु’ भिडियोमा उनले सम्बोधन गरेका छन् । उनले नेपालसँग आफुले समय विताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन् ।

नेपाल आएसँगै आदित्य पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकी आयोजना हुने कार्यक्रमको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जनरल टिकेट १ हजार र भिआइपी टिकटको लागी १५ सय मुल्य निर्धारण गरिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ ।

टिकेट क्लब फरेनहाइटमा नै पाइनेछ । भने, ९८०३४१२९५६ र ०१-४४४१२२० मा सम्पर्क गरेर पनि टिकट खरिद गर्न सकिनेछ । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ् हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ । दर्शकको डिमाण्डकै आधारमा आदित्यलाई नेपाल ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ ।