कार्तिक र जान्वीलाई कास्ट गर्दै ‘दोस्ताना २’को निर्माण घोषणा

कार्तिक र जान्वीलाई कास्ट गर्दै ‘दोस्ताना २’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका चर्चित निर्माता तथा निर्देशकक करण जोहरले सुपरहिट सिनेमा ‘दोस्ताना’को सिक्वेल निर्माणको घोषणा गरेका छन् । ‘दोस्ताना २’को निर्माण घोषणसँगै दुई मुख्य कलाकार पनि सार्वजनिक गरेका छन् । भने, अर्को एक मुख्य कलाकार चाँडै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । ‘दोस्ताना २’मा कार्तिक आर्यन र जान्वी कपुरको जोडी बाँधिएको छ । दुईका अलावा सिनेमामा एक नयाँ कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।

सुपर हिट सिनेमा दोस्तानामा प्रियंका चोपडा, अभिषेक बच्चन र जोन अब्राहमको मुख्य भुमिका रहेको थियो । यो सुपरहिट सिनेमा ‘दोस्ताना’ रिलिजको करीब ११ वर्षपछि यसको सिक्वेल बन्ने भएको छ । निर्माता तथा निर्देशक करण जोहरले बिहिबार आफ्नो इन्स्टाग्राममा एक पोस्टमार्फत् दर्शकलाई यसबारे जानकारी गराएका हुन् ।‘दोस्ताना’ लाई तरुण मनसुखानीले निर्देशन गरेका थिए । अब, ‘दोस्ताना २’ को निर्देशनको जिम्मेवारी कोल्लिन डी कुन्हाले सम्हाल्ने छन् । सिनेमा करण जोहरको प्रोडक्सन हाउस धर्मा मुभिजको ब्यानरमा बन्ने छ । सिनेमको छायांकन चाँडै सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

करणले फिल्मको घोषणा गर्दै भनेका छन्,- ’म ’दोस्ताना’ फ्रेचाइजमा जान्हवी कपूर र कार्तिक आर्यनलाई लिएर निकै उत्साहित छु । कार्तिकसँग धर्मा प्रोडक्शनको पहिलो सहकार्य हो । हामी एक अभिनेता पनि पेश गर्दैछौं, जो हाम्रो प्रोडक्शन हाउसबाट अविश्वसनीय प्रतिभामा सामेल हुनेछन् । कोल्लिन डी कुन्हा पनि ‘दोस्ताना २’ बाट निर्देशनमा डेब्यू गर्दैछन् ।’

‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूर हाल ‘रूही-अफ्जा’ र ‘कार्गिल गर्ल’ को छायांकनमा व्यस्त छिन् । भने, केही हिट सिनेमामा काम गरिसकेका कार्तिक पहिलो पटक जान्वीसँग स्क्रिन सेयर गर्दैछन् । कार्तिक अहिले सारा अली खानसँग सिनेमा ‘लभ आज कल २’ को छायाँकनमा व्यस्त छन् । ‘दोस्ताना २’ अर्को वर्षको मध्ये तिर रिलिज हुने बलिउड मिडियाले समाचार सम्प्रेषण गरेका छन् ।