‘जाइरा’ गीत रिलिज : नम्रतासँग आँखै ले बोल्ने अनुप (भिडियो)

‘जाइरा’ गीत रिलिज : नम्रतासँग आँखै ले बोल्ने अनुप (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा प्रेसमिट गरि निर्माण पक्षले सिनेमाको पहिलो गीत ‘आँखै ले बोल्छ’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुप बिक्रम शाहीलाई फिचर्ड गरिएको छ । रबी मल्लको शब्द, कल्याण सिंहको सगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ ।

‘जाइरा’मा नम्रताले मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिका निर्वाह गरिेकी छन् । उनलाई यसअघिका सिनेमामा भन्दा ‘जाइरा’मा भिन्न अवतारमा प्रस्तुत गरिएको छ । छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको कथामा आफुलाई ढालेकी छन् ।

डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले सिनेमा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए । भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने सिनेमामा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । सिनेमामा कलाकार मगरले नम्रताको कोचको भूमिकामा छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको सिनेमामा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । भने, जाइरामा प्रनिता श्रेष्ठ निमाताको रुपमा रहेकी छन् । सिनेमामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।