द सिनेमा टाइम्स, काठमाडौं – धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको सिनेमा ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका कलाकार विकास थापा मगरको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको पोस्टर तथा ट्रेलर रिलिज भएको हो । एक्सन लभस्टारी जनारामा निर्माण भएको सिनेमा ‘सत्या’ आगामी कार्तिक २२ गतेबाट रिलिजको तयारीमा रहेको छ ।
मिलन आले मगरको निर्देशनमा निर्माण भएको सिनेमामा राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमाका निर्देशक मिलन आले मगरले यो सिनेमा एक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको बताए । आफु र आफ्नो टिमले निकै मेहनत गरेर उत्कृष्ट सिनेमा निर्माण गरेकाले सम्पुर्ण दर्शकलाई हेरर साथ दिन आग्रह गरे ।
सुमन खत्री, झम्का देवि कालाखेती र करण सिंह बोहराको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता मदन थिङ हुन् । सिनेमाको कथा श्रवन सम्राटले लेखेका हुन् । सिनेमामा विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन वस्यालको कोरियोग्राफी,देव महर्जनको द्धन्द्व निर्देशन, तारा थापा (किम्भे) र श्यामराज श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।
यस्तै, निर्माता तथा कलाकार विकास थापा मगरले आफ्नो जन्मदिनको अवसर पारेर अर्को एक आधुनिक गीतको भिडियो समेत सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया