कंगना र राजकुमारको ‘जजमेन्टल हे क्या’ ट्रेलर रिलिज

कंगना र राजकुमारको ‘जजमेन्टल हे क्या’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री कंगना रनौत र राजकुमार राव स्टारर सिनेमा ‘जजमेन्टल हे क्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिलर र रोमान्सको कथामा निर्माण गरिएको सिनेमाको ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सिनेमाको ट्रेलर सुरुवातदेखि अन्त्यसम्म कन्फ्यूजनले भरिएको छ । सार्वजनिक ट्रेलरले दर्शकलाई सिनेमाप्रति निकै उत्सुकता जगाउने देखिन्छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा दर्शकले कंगनाको लुक्स निकै मन पराएका छन् । भने, राजकुमारको अभिनयको प्रशंसा गरेका छन् । सिनेमामा कंगना (बोबी) र राजकुमार रावलाई (केशव) को चरित्रमा प्रस्तुत गरिएको छ । सिनेमाको पुरा कथा नै कंगना र राजकुमार बिचको टकरावमा केन्द्रित रहेको बुझ्न सकिन्छ । सिनेमामा सतीश कौशिकको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।सिनेमाको कहानी एक डबल मर्डरको बारेमा हो, जसलाई लिएर पुलिस अनुसन्धानमा छ । निकै लामो अनुसन्धानपछि पुलिस अन्तिम निष्कर्षमा पुग्छ कि कंगना वा राजकुमारमध्ये एकले यो मर्डर गरेका हुन् । ट्रेलरमा कंगनाको लुक्स निकै रोचक छ । सिनेमा २६ जुलाईमा रिलिज हुँदैछ । प्रकाश कोवेलामुडीले सिनेमाको निर्देशन गरेका हुन् । यसअघि सिनेमाको नाम ’मेन्टल हे क्या’ थियो । तर, विवादका कारण निर्माण टिमले सिनेमाको नाम परिवर्तन गरेको थियो ।