सरौतोको पहिलो गीत ‘कुले दाई’ रिलिज (भिडियो)

सरौतोको पहिलो गीत ‘कुले दाई’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आमिर गौतम, सन्नी सिंह र सुमी मोक्तान स्टारर सिनेमा ‘सरौतो’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको पहिलो गीत निर्देशक हरी हुँमागाईको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको हो । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल र पराक्रम शमसेर जबरालाई फिचर्ड गरिएको छ ।

https://youtu.be/0CuaNAnyAfs

राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको ‘कुले दाई’ बोलको सार्वजनिक गीतमा फिमेल भोकलमा मिलन नेवारले संगीतकार सिवाकोटीलाई साथ दिएकी छन् । निलिसा शाक्य र निर्देशक हरी हुँमागाईको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ । उत्तम हुँमागाईले लोक फ्लेवरको यो गीतको छायाँकन गरेका हुन् । निर्देशक हुँमागाईले एक्सन लभस्टोरी जनरामा निर्माण भएको सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर नछोडेको गीत सार्वजनिक कार्यक्रममा बताए ।

सिनेमामा सन्नी सिंह र सुमी मोक्तानका अलवा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् । राघव कृष्ण गौतमले सरौतोको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यही सिनेमाबाट चर्चित छायाँकार हरी हुँमागाईले निर्देशनमा डेव्यु गर्दैछन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमालाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।