साउथ सुपरस्टार विजयसँग स्क्रिन सेयर गर्दै शाहरुख ?

साउथ सुपरस्टार विजयसँग स्क्रिन सेयर गर्दै शाहरुख ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानले ‘जिरो’को असफलता पश्चात कुनै पनि सिनेमामा साइन गरेका छैनन् । तर, बेलाबेलामा शाहरुखले विभिन्न निर्माता निर्देशकको सिनेमामा काम गर्ने तयारी थालेको खबर बलिउड मिडियाले प्रकाशन गरिरहेका हुन्छन् । एक पटक फेरी बलिउडमा एउटा अर्को खबर फैलिरहेको छ । शाहरुखले पहिलो पटक साउथ सिनेमामा काम गर्न लागेको खबरले अहिले बलिउड मिडियामा राम्रै स्थान पाइरहेको छ ।बलिउड मिडियाका अनुसार शाहरुखले साउथ सुपरस्टार विजयको आगामी सिनेमा ‘बिगिल’मा काम गर्न राजी भएका छन् । केहीदिन पहिले सिनेमा निर्माण टिमले शाहरुखलाई सिनेमाको लागी अफर गरेको थियो । उनलाई सिनेमाको कथा निकै मन परेकाले काम गर्न राजी भएको खबर बलिउड मिडियाले प्रकाशन गरेका छन् । बलिउड हंगामाका अनुसार सिनेमा ‘बिगिल’मा ए आर रहमानले तयार गरेको एक गीतमा पनि शाहरुख र विजयले एकसाथ स्क्रिन सेयर गर्दैछन् ।यस्तै, केही समय पहिले शाहरुख यशराज ब्यानरको ‘धुम ४’, राजकुमार हिरनीको एक लभस्टोरी सिनेमा र मधुकर भण्डाराको एक पुलिस बेस्ड सिनेमामा काम गर्ने खबर सार्वजनिक भएको थियो । तर, यो विषयमा अहिलेसम्म कुनैपनि निर्माता-निर्देशक र अभिनेता शाहरुखले पनि मुख खोलेका छैनन् ।