एक साता पछि सर्यो मल्टिस्टारर सिनेमा ‘हजार जुनीसम्म’

एक साता पछि सर्यो मल्टिस्टारर सिनेमा ‘हजार जुनीसम्म’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी श्रावण ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हजार जुनीसम्म’को प्रदर्शन मिती एक साता पछि सकेको छ । बउिडड सिनेमा ‘साहो’को कारण ‘हजार जुनीसम्म’को प्रदर्शन मिति पोस्टपोण्ड गरिएको हो । अब यो सिनेमा भाद्र ६ गतेबाट नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ र ‘लभ यु हमेशा’सँग बक्सअफिसमा भिड्ने भएको छ ।श्रावण ३० गते साउथ सुपरस्टार प्रभास अभिनित ‘साहो’, अक्षय कुमार स्टारर ‘मिसन मंगल’, जोम अब्राहम स्टारर ‘बाट्ला हाउस’ र दयाहाङ राई स्टारर नेपाली सिनेमा ‘दयारानी’ प्रदर्शन हुँदैछन् । यसैले पनि ‘हजार जुनीसम्म’को प्रदर्शन मिति एक साता पर सारिएको चर्चा सिनेमा बजारमा भैरहेको छ ।विकास राज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, संचिता लुईंटेल, शिवहरी पौड्याल, प्रियंका कार्की, सलोन बस्नेत, स्वस्तिमा खड्का, अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । विशाल चाम्लिङ्गको कथा रहेको सिनेमाको पटकथा तथा संवाद निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाले मिलेर लेखेका हुन् ।