‘कबड्डी कबड्डी कबड्डी’को टिजर तथा पोस्टर रिलिज

‘कबड्डी कबड्डी कबड्डी’को टिजर तथा पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को पोस्टर तथा टिजर सार्वजनिक गरिएको छ । आइतबार इन्टरनेटमा रिलिज गरिएको सिनेमा आगामी भाद्र १३ गतेबाट रिलिज हुने भएको छ । यो सिनेमा निर्माण घोषणा भएको चार महिना मै हलमा रिलिज हुँदैछ ।  यसका दुई सिरिज सुपरहिट भैसकेकाले गर्दा पनि यो सिनेमा प्रति दर्शकको चासो र उत्सुक्ता निकै रहेको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने सिनेमामा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय रहनेछ ।बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने सिनेमासँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार सिनेमाका निर्माता हुन् । सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ । सिनेमाको एक्टिङ कोचमा अनुप बराल छन् । भने, समरा जोशी र बिनु शाहीले मेकअपको जिम्मेवारी सम्हालेका छन् ।