‘जात्रै जात्रा’को ५१ औं दिने कार्यक्रममा ‘श्वेता श्री फाउन्डेसन’लाई एक लाख सहयोग

‘जात्रै जात्रा’को ५१ औं दिने कार्यक्रममा ‘श्वेता श्री फाउन्डेसन’लाई एक लाख सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई, विपिन कार्की, वर्षा राउत रविन्द्र सिंह, रविन्द्र झा स्टारर सिनेमा ‘जात्रै जात्रा’ले शुक्रबार प्रदर्शनको ५१ औं दिन पुरा गरेको थियो । जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राजधानीका एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिज लगायतका सिनेमा हलमा प्रदर्शनको ५१ औं दिन मनाउन सफल भएको हो ।निर्माण टिमले शनिबार सिनेमाले ५१ दिनको सफलता पुरा गरेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सिनेमाका कलाकार, प्राविधिकका साथमा वितरक, प्रदर्शक र मिडियाकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो ।‘जात्रै जात्रा’को ५१ दिने सफलतासँगै निर्देशक प्रदिप भट्टराइले सिनेमा निर्देशनमा ५१ दिनकै ह्याट्रिक गरेका छन् । उनले, यसअघि निर्देशन गरेका ‘जात्रा र शत्रु गते’ पनि ५१ ीदन मनाएका थिए । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको सिनेमाको निर्माण यूनिटले कार्यक्रममा अभिनेत्री स्वेता खड्काले संचालन गरेको ‘स्वेता श्री फाउन्डेशन’लाई पनि नगद १ लाख ११ हजार सहयोग गरेको छ ।अभिनेत्री स्वेता खड्काले सिनेमाको टिमबाट पाएको मायाले काम गर्न अझै हौसला मिलेको बताइन् । उक्त कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, अभिनेत्री स्वेता खड्का, पूजा शर्मा, विकास बोर्डका अध्यक्ष केशव भट्टराई लगायत पुगेका थिए । यस्तै, सिनेमाको पुर्ण टिम नै पार्टीमा रमाएको थियो । अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत लगायतले ५१ दिने सेलिव्रेशनमा खुशियाली साटे ।निर्देशक प्रदिप भट्टराइले आफुले निर्देशन गरेको सिनेमाको सफलताले आफूलाई अब कस्तो सिनेमा निर्माण गर्ने भन्ने चुनौती थपिएको भान भएको सुनाए । यस्तै, कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाले जात्रा र जात्रै जात्राले यस्तो सफलता हात पार्न सम्पूर्ण टिमको मेहनतका कारण मात्रै संभव भएको बताए ।