पुजा र आकाशको ‘रामकहानी’ युट्युबमा रिलिज (भिडियो)

पुजा र आकाशको ‘रामकहानी’ युट्युबमा रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘रामकहानी’ पुरा सिनेमा समाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । कमेडी लभस्टोरी कथामा निर्माण भएको यो सिनेमामा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रविन्द्र झा, विशाल पहारी, शिशिर राणा, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता अभिनेत्री पुजा शर्मा हुन् । गतवर्षको हिट सिनेमा ‘राहकहानी’लाई युट्युबका दर्शकले पनि निकै रुचाएका छन् । सौरभ लामाले छायाँ गरेको सिनेमामा अर्जुन पोखरेलको संगीत रहेको छ ।