युट्युब ट्रेन्डिङ्गको दोस्रो स्थानमा ‘फाटेको जुत्ता’

युट्युब ट्रेन्डिङ्गको दोस्रो स्थानमा ‘फाटेको जुत्ता’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – सौगात मल्ल र प्रियंका कार्की स्टारर सिनेमा ‘फाटेको जुत्ता’ पुरा सिनेमा युट्युबमा रिलिज भएको छ । शुक्रबार यो सिनेमा सामाजिक सञ्जालमा रिलिज गरिएको हो । अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमालाई निकेश खड्काले निर्देशन गरेका हुन् । दुई वर्ष पहिले निर्माण अनि प्रदर्शन भएको सिनेमाले दर्शकको राम्रो साथ पाएको थियो ।

हलमा हिट भएको सिनेमा समाजिक सञ्जालमा पनि हिट भैरहेको छ । युट्युबमा रिलिज भएको २ दिनमा नै सिनेमालाई १७ लाख बढि भ्युज मिलेको छ । अहिलेसम्म युट्युब ट्रेन्डिङ्गको दोस्रो स्थानमा उक्लिएको छ । अर्जुन कुमार फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा सौगात र प्रियंकाका अलवा कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । दिर्घ खड्काको सम्पादन रहेको सिनेमालाई निरज कँडेलले खिचेका हुन् ।