‘सार्क सिनेमा फेस्टिवल’मा स्वस्तिमाले जितिन अवार्ड

‘सार्क सिनेमा फेस्टिवल’मा स्वस्तिमाले जितिन अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको ‘सार्क सिनेमा फेस्टिवल’मा ‘स्पेशल जुरी अवार्ड-पर्फमेन्स’ जितेकी छन् । नेपालल ‘सार्क सिनेमा फेस्टिवल’मा दुई अवार्ड हात पारेको छ । अभिनेत्री खड्काले ‘बुलबुल’ बाट उक्त अवार्ड हात पारेकी हुन् ।

त्यस्तै, छोटो सिनेमा ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड प्राप्त गरेको छ । ‘टाटनी’लाई अविनाश विक्रम शाहले निर्माण गरेका हुन् । भने, स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठर्हयाउँदै जुरीले अवार्ड प्रदान गरेको हो ।

यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले सिनेमा ‘झोला’ मार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । सार्क सिनेमा फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।

चलचित्र विकास बोर्ड नेपालले यस वर्ष ‘सार्क सिनेमा फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो । ‘हरी’ सिनेमाले भने त्यहाँ सहभागिता मात्र जनाएको थियो । त्यस्तै सर्ट सिनेमामा मनोजबाबु पन्तको ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो ।