‘हजार जुनीसम्म’मा आर्यनसँग दीपाश्रीको आइटम

‘हजार जुनीसम्म’मा आर्यनसँग दीपाश्रीको आइटम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हजार जुनीसम्म’को एक गीतमा अभिनेता आर्यन सिग्देल र निर्देशक दीपाश्री निरौलालाई फिचर्ड गरिएको छ । केही दिनमा रिलिजको तयारीमा रहेको गीतको सेटबाट केही तस्वीर सार्वजनिक गरिएको छ । गीतकाा दीपाश्रीसंगै आर्यन सिग्देल र शिवहरी पौडेललाई देख्न सकिन्छ । जसमा यी दुई डान्सिङ मुडमा देख्न सकिन्छ ।तिन सिनेमा ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देख्ने भएका छन् । ‘हजार जुनीसम्म’को गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा अभिनेत्री स्वस्तिमा खड्का, डेव्यु अभिनेता अखिलेस प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्री निरौलाको स्वर छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको सिनेमाको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

सिनेमामा विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी सिनेमाकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।