‘साहो’ गीत रिलिज : श्रद्धाका लागी साइको सैयाँ बने प्रभास

‘साहो’ गीत रिलिज : श्रद्धाका लागी साइको सैयाँ बने प्रभास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चार भाषामा निर्माण गरिएको सिनेमा ‘साहो’को पहिलो गीत रिलिज गरिएको छ । मुख्य कलाकार प्रभास र श्रद्धा कपूरलाई फिचर्ड गरिएको सिनेमाको पहिलो गीत ‘साइको सैयाँ’मा तनिश्क बाग्चीको संगीत रहेको छ । संगीतकार बाग्ची, ध्वनी भानुशाली र सचेत टण्डनको स्वर रहेको गीतमा प्रभास र श्रद्धाको केमेष्ट्रि गजबको देखिएको छ । ब्लकबस्टर ‘बाहुबली २’ पश्चात प्रभासको यो पहिलो सिनेमा हो । यो सिनेमा तामिल, तलेगु, मलयालम र हिन्दि भाषामा रिलिज हुनेछ ।

सिनेमामा ज्याकी श्रोफ, नील नीतिन मुकेश, चंकी पाण्डेको अवतार पहिलो पटक झल्काइएको छ । भारतको सबैभन्दा ठुलो ‘एक्सन इन्टरटेनर’ बताइएको सिनेमा १५ अगस्तमा रिलिज हुँदैछ । टिजरमा कमालको भिएफएक्स प्रयोग गरिएको छ । भने, ब्याकग्राउण्ड स्कोर उम्दा छ ।

सुजित रेड्डी निर्देशीत सिनेमा भारतकै दोस्रो सर्वा्धिक महँगो सिनेमा हो । यसको लागत ५ सय करोड भारतीय बताइएको छ । यसअघि सर्वा्धिक महँगो सिनेमाको रुपमा रजनिकांत र अक्षय कुमारको ‘२.०’ रेकर्ड भएको छ ।