एक्सन लभस्टोरी ‘एकलव्य’को ट्रेलर रिलिज (भिडियो)

एक्सन लभस्टोरी ‘एकलव्य’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एकलव्य’को एक्सन प्रधान ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मुख्य कलाकार सोनाम थापा मगर र पुष्कर राउतको एक्सन अवतारमा प्रस्तुत गरिएको छ । देशमा भैरहेका गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता समस्याहरुलाई उठान गरिएको सिनेमालाई निर्देशक अनमोल शर्मा सामाजिक प्रेमकथा निर्माण गरिएको पारिवारिक कथा भन्न रुचाउछन् ।

दर्जन बढी सिनेमामा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका अनमोलले पहिलो सिनेमामा पारिवारिक प्रेमकथालाई पस्केका छन् । सिनेमामा सोनाम थापा मगर र ओसिन भट्टराईका अलवा महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतको अभिनय छ ।

राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगर मिलेर निर्माण गरेको सिनेमामा राजेन्द बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।