कन्फर्म: ‘झिङ्गेदाउ’मा मुकुनसँग केकीको जोडी बाँधिने

कन्फर्म: ‘झिङ्गेदाउ’मा मुकुनसँग केकीको जोडी बाँधिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने सिनेमा ‘झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारी फाइनल भएकी छन् । यसअघि यो सिनेमामा ‘बुलबुल’बाट डेब्यु गरेका मुकुन भुसाल लिडमा फाइनल भैसकेका थिए ।केकीले केहि दिन अगाडी सिनेमा साइन गरेको निर्देशक देउजाले बताएका छन् । सिनेमामा गहिरो अभिनय गर्न सक्ने कलाकार चाहिएकोले केकीलाई अनुबन्धित गरिएको समेत बताए । साहित्यकार भीमनिधि तिवारीको अख्यानमा आधारित भएर निर्माण हुने सिनेमामा केकी र मुकुनले जोडी बाध्नेछन् । सिनेमामा अन्य ३ मुख्य कलाकार पनि फाइनल भैसकेका छन् । तर, निर्माण टिम ती कलाकारलाई भव्य प्रेसमिट गरेर सार्वजनिक गर्ने सोचमा छ ।

कलाकार छनोट कै चरणमा रहेको सिनेमा भदौदेखि छायाँकनमा जानेछ । निर्देशक स्वयमको निर्माण रहने सिनेमालाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिनेछ । कपन गढी सिनेमा प्रा.लिको व्यानरमा निर्माण हुने सिनेमामा अर्जुन पोखरेलले संगीत र प्रदीप भारद्वाजको पटकथा/संवाद रहनेछ ।