अन्तत: ‘म यस्तो गीत गाउँछु २’मा पल र पूजा, फागुन २३ मा रिलिज

अन्तत: ‘म यस्तो गीत गाउँछु २’मा पल र पूजा, फागुन २३ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा र पल शाहको जोडी दोहरिने भएको छ । २ वर्ष अगाडी आफ्नो जन्मदिनमा निर्देशक सुदर्शन थापाले यो सिनेमा घोषणा गरेका थिए ।

जतिबेला सिनेमामा पल र पूजासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका रहने बताइएको थियो । तर, बीचमै सुदर्शन र पलबीचको सम्वन्धमा दरार आएको समाचार बाहिरिए । सिनेमा पनि बन्न सकेन । बरु, निर्देशक थापाले त्यसबीचमा ‘रामकहानी’ बनाएर रिलिज गर्न भ्याए । त्यसपश्चात ‘सम्हालिन्छ कहिले मन’को निर्देशनको पाटो सम्हालेका थापा छायाँकनको अन्तिम चरणमा छन् ।

‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट हेरिरहेका थापाले साता अगाडी मात्र ‘म यस्तो गीत गाउँछु २’ बन्ने घोषणा गरे । करिब २ वर्ष पछि ब्युतिएको ‘म यस्तो गीत गाउँछु २’मा पुर्व घोषित कलाकारले स्थान पाउलान कि नपाउलान भन्ने दर्शकमा कौतुहलता थियो ।

मंगलबार गोरखाको मनकामना मन्दिरमा पूजा र पलले सिनेमाको शुभ-मूर्हूतमा क्ल्याप पूजा गरे । अब मुख्य कलाकारलाई लिएर बन्ने गसिपको अन्त्य भएको छ ।

सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमालाई फागुन २३ मा रिलिज गरिनेछ । सिनेमा अशोजदेखि छायाँकनमा जानेछ ।

यसको प्रिक्वेलले बक्सअफिसमा सुपरहिटको व्यापार गरेको थियो । त्यसैको सफलता स्वरुप सिक्वेल निर्माण थालिएको हो ।