असोज २४ मा ‘गीत गजल’, पोस्टरमा रोमान्टिक रुप र आरोही

असोज २४ मा ‘गीत गजल’, पोस्टरमा रोमान्टिक रुप र आरोही

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रुप पोखरेल र आरोही सिंह स्टारर सिनेमा गीत गजलको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । नीतिन चन्द निर्दे्शित दोस्रो सिनेमा ‘गीत गजल’ आगामी असोज २४ गतेबाट नेपाल भरका सिनेमा घरमा प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ ।आरोहण क्षेत्री निर्माता रहेको सिनेमाका सह निर्माता सुजन आचार्य हुन् । निर्देशक चन्दले आफूले सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् । सिनेमाको एक गीतको छायाँकन भारतको गोवामा गरिएको छ ।सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो सिनेमाबाट रुप पोखरेल र आरोही सिंहले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । दुबै सिनेमालाई लिएर निकै उत्साहित छन् । सिनेमाको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ ।