कमेडी प्याक्ड ‘न यता न उता’को दोस्रो ट्रेलर रिलिज

कमेडी प्याक्ड ‘न यता न उता’को दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘न यता न उता’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । विभिन्न कारण देखाउँदै पटक पटक प्रदर्शन मिति सार्दै आएको सिनेमा अब साउन १७ बाट पछि नसर्ने निर्माण टिमले जनाएको छ । कमेडी कथामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरले बिहेको लागी लन्डनबाट नेपाल पुगेका दुई अर्धबैंशे नेपाली युवाको संघर्ष पेश गर्छ ।

‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।‘न यता न उता’को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । भने, सिनेमाको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । अरोन अशोक कुमारले छायाँकन गरेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन् ।