पर्दामा ऋतिक र दीपिकाको जोडी ?

पर्दामा ऋतिक र दीपिकाको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणले पहिलो पटक पर्दामा जोडी बाध्ने भनेका छन् । फराह खानले निर्देशन  गर्ने सिनेमा ‘सत्ते पे सत्ता’को रिमेकमा यी दुई जोडी देख्न सकिनेछ ।

भारतीय मिडियाले यो खबरलाई बुधबार महत्वपूर्ण स्थान दिएका छन् । रोहित सेट्टीले निर्माण गर्ने सिनेमाको लागि पहिले सलमान खान र शाहरुख खानको नाम चर्चामा थियो । अन्तत: सिनेमामा ऋतिकको इन्ट्री भएको संचारमाध्यमले लेखेका छन् । तर, यस विषयमा निर्माण पक्षले मुख खोलेको छैन ।

सिनेमामा ऋतिकले अमिताभ बच्चनले निर्वाह गरेको भूमिका निभाउने छन् । त्यस्तै दीपिका हेमा मालिनीको पात्रमा प्रस्तुत हुनेछिन् । रिपोर्टका अनुसार दीपिकाको सुन्दरताले हेमासँग मेल खाने भएकोले उनलाई छनोट गरिएको बताइएको छ ।

ऋतिक अभिनित ‘सुपर ३०’ यसै साता रिलिज हुँदैछ । त्यसपछि ऋतिक टाइगर श्रोफसँग सिनेमामा देखा पर्नेछन् । उता ‘छपाक’को छायाँकन सकाएकी दीपिकाले बहुप्रतिक्षित सिनेमा ‘८३’मा अभिनय गरिरहेकी छन् । यो फिल्ममा उनले भारतीय क्रिकेटर कपिल देवको श्रीमतीको भूमिका निर्वाह गरिरहेकी छन् । जसको अपोजिट रणवीर सिंह छन् ।