छविराजविरुद्द घरेलु हिँसाको उजुरी

छविराजविरुद्द घरेलु हिँसाको उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता छविराज ओझाविरुद्द घरेलु हिँसाको उजुरी परेको छ । ओझाविरुद्द पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले शान्ति सुरक्षा पाउँ भनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएकी हुन् ।प्रशासनले उक्त उजुरीको छानविनको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्र पठाएको छ । र आवश्यक कारबाही गर्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले छलफलको लागि दुवै पक्षलाई बोलाएको बताएका छन् ।

२०७३ सालमा गोप्य विवाह गरेका छवि र शिल्पाको सम्बन्धमा पछिल्लो समय खटपट आएको थियो । उनले छविसँग बारम्बार डिभोर्स मागिरहेको श्रोत बताउँछ ।