त्रिकोणात्मक प्रेमकथा ‘साईनो’ ट्रेलर रिलिज

त्रिकोणात्मक प्रेमकथा ‘साईनो’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण भएको सिनेमा ‘साईनो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार इन्टरनेटमा रिलिज गरिएको सिनेमाका ट्रेलरमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको प्रेमलाई देखाइएको छ । सिनेमालाई वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेकी हुन् ।

साउन २४ गते रिलिज हुने सिनेमामा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

रमेश थापा निर्देशित सिनेमाले केही समय पहिले सार्वजनिक शिर्ष गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि आव्हानन गरेको थियो । भने, पहिलो गीत मायालुलाई जात्रैमा भेटियोले दर्शकको राम्रो साथ पाएको छ ।