जोन अब्राहम स्टारर ‘बाट्ला हाउस’ ट्रेलर रिलिज

जोन अब्राहम स्टारर ‘बाट्ला हाउस’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहम स्टारर सिनेमा ‘बाट्ला हाउस’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बाट्ला हाउस भारतको सवैभन्दा विवादित केशमा आधारित रहेर निर्माण भएको सिनेमामा जोन अब्राहमलाई प्रहरी अफिसरको भुमिकामा प्रस्तुत गरिएको छ । सिनेमाको कथा २००८ मा दिल्लीमा भएको ए-१८ बाट्ला हाउसमा भएको इनकाउन्टरमा आधारित छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा समावेश संवादलाई दर्शकले दमदार बताइ रहेका छन् । अगष्ट १५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमालाई निखिल आडवाणीले निर्देशन गरेका हुन् । टि-सिरिजको व्यानरमा भुषण कुमारले निर्माण गरेको सिनेमामा जोन अब्राहमका अलवा मृणाल ठाकुर, प्रकास राज, रवी किसन, मनिष चौधरी लगायतका कलाकारको अभिनय रहेको छ ।रियल घटनमा आधारित सिनेमामा जोन अब्राहलले इनकाउन्टर स्पेसालिस्ट भारतीय प्रहरी अफिसर मोहन चन्द शर्माको भुमिकामा देखिएका छन् । जोन मोहनको भुमिकामा दुरुस्त देखिन निकै मेहनत गरेको बलिउड मिडियाले जनाएका छन् । सिनेमामा जोनको श्रीमतीको भुमिकामा मृणाल ठाकुरलाई देख्न पाइन्छ । ‘बाट्ला हाउस’सँग अक्षय कुमारको ‘मिशन मंगल’ र साउथ सुपस्टारर प्रभासको ‘साहो’ पनि रिलिज हुँदैछन् ।