हजार जुनीसम्मको दोस्रो गीत ‘सुकुटी साँधन साउनी’ रिलिज

हजार जुनीसम्मको दोस्रो गीत ‘सुकुटी साँधन साउनी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल, प्रियंका कार्की र स्वस्ति खड्कामा स्टारर सिनेमा ‘हजार जुनीसम्म’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुकुटी साँधन साउनी’ बोलको आइटम गीतमा आर्यन सिग्देलसँग निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौलालाई फिचर्ड गरिएको छ । बसन्त सापकोटाको संगीत, एकनारायण भण्डारी भण्डारीको शब्द रहेको गीतमा प्रल्हाद तिमिल्सेना र मिना निरौलाको स्वर छ ।

सार्वजनिक गीतमा आर्यन र दीपाश्रीका अलवा स्वस्तिमा खड्का, अखिलेस प्रधान, शिवहरी पौडेललाई पनि देख्न सकिन्छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको सिनेमाको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।सिनेमामा विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी सिनेमाकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।