गीत गजलको पहिलो गीत ‘छ कि छैन् तिमिलाई थाहा’ रिलिज

गीत गजलको पहिलो गीत ‘छ कि छैन् तिमिलाई थाहा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रुप पोखरेल र आरोही सिंह स्टारर सिनेमा ‘गीत गजल’को पहिलो गीत सार्वजनिक गरिएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीतमा मुख्य कलाकार रुप र आरोहीलाई फिचर्ड गरिएको छ । पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

आगामी असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको पहिलो गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतलाई सुरेश काफ्लेले छायाँकन गरेका हुन् । यो सिनेमाबाट अभिनेता रुप पोखरेल र आरोही सिंहले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । दुबै सिनेमालाई लिएर निकै उत्साहित छन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ ।आरोहण क्षेत्री निर्माता रहेको सिनेमाका सह निर्माता सुजन आचार्य हुन् ।

सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । निर्देशक चन्दले आफूले सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् ।