‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै शिर्ष गीत रिलिज

‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोशिस क्षेत्री र केकी अधिकारी स्टारर सिनेमा रातो गलबन्दीको फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।डेव्यु निर्देशक अनिश थापाको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनीक गीतमा मुख्य कलाकार केकी अधिकारी र कोशिस क्षेत्रीलाई फिचर्ड गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको सिनेमाको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले सृजना गरेका हुन ।मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको सिनेमाको सहनिर्माता बासुदेव घिमीरे, अमृता मगैराम र कृष्ण घिमीरे हुन् । भने रातो गलबन्दीका कार्यकारी निर्माता प्रकाश दुलाल हुन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त सिनेमा भएको बताउछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको सिनेमाको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको सिनेमामा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।