anmol jasita

ऋतिक भर्सेस टाइगर, ‘वार’ टिजर रिलिज

ऋतिक भर्सेस टाइगर, ‘वार’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमा ‘वार’को टिजर सार्वजनिक गरिएको छ । ५३ सेकेण्ड लामो टिजरमा दुई एक्सन स्टार विचको घमासान युद्ध देखाइएको छ ।

टिजरमा सिनेमाकी मुख्य अभिनेत्री वाणी कपूरको पनि एक झल्को अटाइएको छ । पछिल्लो समय एक्सन र नृत्यमा पोख्त ऋतिक र टाइगर विचको युद्ध रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसराज फिल्मसको प्रस्तुति ‘वार’ दशैँको छेकोमा रिलिज हुँदैछ । असोज १५ यसको रिलिज डेट हो । सिद्धार्थ आनन्द निर्देशित सिनेमा वर्षकै प्रतिक्षित मध्येको एक हो ।