सानो मनको मार्मिक गीत ‘कस्तो माया’ रिलिज (भिडियो)

सानो मनको मार्मिक गीत ‘कस्तो माया’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार २७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘सानो मन’ को मार्मिक गीत सार्वजनिक गरिएको छ । सुयोग सोताङ्गले शब्द तथा संगीत रहेको ‘कस्तो माया…’ बोलको गीतमा निकिता थापाको स्वर छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।

सिनेमाका अभिनेता आयुष्मान देशराज जोशीसँग विताएका पल सम्झिएर भावुक हुँदै स्टेजमा आफ्नो प्रस्तुती दिँदै देखिएकी छन् । ‘सानो मन’ ले हलमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । सिनेमा हेर्ने दर्शकले कलाकारको अभिनय र निर्देशकको कामको प्रशंसा गरेका छन् । निर्देशक सुयोग गुरुङ्ग दर्शकले रुचाउनु नै सिनेमाको सफलता रहेको बताउँछन् ।

https://youtu.be/lEFO-TaYlr0

सिनेमाको ‘वर्ड अफ माउथ’ निकै राम्रो रहेको निर्देशक गुरुङको भनाई छ । सिनेमामा आयुष्मान देशराज जोशी र शिल्पा मास्केका अलावा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमामा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ ।आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।