अक्षय कुमार स्टारर ‘मिसन मंगल’को ट्रेलर रिलिज

अक्षय कुमार स्टारर ‘मिसन मंगल’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अक्षय कुमार स्टारर सिनेमा ‘मिसन मंगल’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलर जबर्जस्त बनेको छ । सिनेमामा अक्षय कुमारले भारतीय बैज्ञानिक राकेश धवनको भुमिका निर्वाह गरेका छन् । उनि आफ्नो टिमलाई मिशन मंगलको लागी तयार गर्न लागी परेका ट्रेलरमा देख्न सकिन्छ ।

सिनेमा अक्षय कुमारका अलवा विद्या वालनले तारा शिंदे, तपसी पन्नुले कृतिका अग्रवाल, सोनाक्षी सिन्हांले एका गान्धी, शरमन जोशीले परमेश्वर नायडू, नित्या मेननले वर्षा गौंडाको भूमिका निर्वाह गरेका छन् ।

भारतको एतिहासिक कथामा निर्माण भएको सिनेमालाई जगन शक्तिले निर्देशन गरेका हुन् । अगस्त १५ मा रिलिज हुने सिनेमाले बक्सअफिसमा प्रभास स्टारर ‘साहो’ र जोन अब्राहम स्टारर ‘बटला हाउस’सँग प्रतिस्प्रर्धा गर्नेछ । पछिल्लो समय भारतमा देशभक्ति सिनेमाले राम्रो व्यापार गरिरहेका छन् । यसैले यो सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै बक्सअफिसमा बम्पर व्यापार गर्ने चर्चा बलिउड मिडियामा भैरहेको छ ।