anmol jasita

अगष्ट १५ बाट पछि सर्दै प्रभास र श्रद्धाको ‘साहो’ ?

अगष्ट १५ बाट पछि सर्दै प्रभास र श्रद्धाको ‘साहो’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अगस्त १५ बलिउडका प्रतिक्षित ३ सिनेमाको रिलिजलाई लिएर निकै चर्चामा छ । यो मितिमा अक्षय कुमारको ‘मिसन मंगल’, जोन अब्राहमको ‘बटला हाउस’ र प्रभासको ‘साहो’ रिलिज हुँदैछन् । तीन ठुला सिनेमा एकै डेटमा जुध्ने भएपछि त्यसको असर नेपालसम्म पुगेको छ । अगस्त १५ अर्थात् साउन ३० मा रिलिज हुने भनिएको प्रतिक्षित सिनेमा ‘हजार जुनीसम्म’ एक हप्ता पछि सरिसकेको छ । यो मितिबाट मात्र, नेपाली सिनेमा ‘दयारानी’ सरेको छैन ।

यसैबीच ‘साहो’को रिलिजलाई लिएर नयाँ खबर बाहिरिएको छ । भारतीय मिडिया लेखे अनुसार अगस्त १५ बाट ‘साहो’ पछाडी हट्ने संकेत देखा परेका छन् । सिनेमा निर्माण टिमले अगस्त ३० मा सिनेमा रिलिज गर्ने सोच बनाइरहेको छ । तर, यो खबर भने आधिकारिक होइन ।

अगस्त १५ मा बलिउडको दुई सिनेमा मात्र नभएर दुई तलेगु पनि रिलिज हुँदैछन् । शारवानन्द स्टारर ‘रानारंगम’ र अदिवि शेषको ‘इवारु’ पनि यो डेटमा रिलिज हुने खबर छ । जसले गर्दा ‘साहो’ निर्माताहरुले रिलिज डेट पोस्टपोन्ड गर्ने सोच लिएको बताइएको छ ।

त्यस्तै, अगस्त १५ मै बहुप्रतिक्षित वेव सिरिज ‘स्याक्रेड गेम’को दोस्रो सिजन पनि सुरु हुँदैछ । स्वतन्त्रता दिवसको अवसरमा थुप्रै फिल्म जुध्ने देखिएपछि ‘साहो’ सर्ने सङ्केत देखिएको हो । ३ सय करोडको उच्च बजेटमा निर्मित ‘साहो’मा प्रभास र श्रद्धा कपूरको मुख्य भूमिका छ । अगस्त १५ को डेटबाट के ‘साहो’ दुई साता पछि सर्ला ?