मारुनी गीत: साम्राज्ञी र पुष्पको लभ केमेस्ट्री (भिडियो)

मारुनी गीत: साम्राज्ञी र पुष्पको लभ केमेस्ट्री (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘मारुनी’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सक्दिन म बाच्न’ रोमान्टिक बोलमा साम्राज्ञी र पुष्पको केमेस्ट्री झल्काउन खोजिएको छ ।सुरेश वाग्लेले शब्दमा अर्जुन पोखरेलले संगीत भरेको गीतमा मेलिना राईको सुमधुर स्वर समावेश छ । विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी भरेको गीतको भिडियो भव्य देखिन्छ ।

नवल नेपाल निर्देशित ‘मारुनी’बाट १ महिना अगाडी नै डान्सिङ नम्बर सार्वजनिक गरिएको थियो । युट्युबमा औसत चर्चा कमाएको गीतलाई १४ लाख पटक हेरिएको छ ।

भदौ १३ गते रिलिज हुने सिनेमामा साम्राज्ञी र पुष्पको अलावा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको सिनेमामा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।