कन्फर्म: ‘साहो’ रिलिज पोस्टपोन्ड, जान्नुस कहिले रिलिज ?

कन्फर्म: ‘साहो’ रिलिज पोस्टपोन्ड, जान्नुस कहिले रिलिज ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: अगस्त १५ रिलिज हुने भनिएको भारतीय सिनेमा ‘साहो’ पोस्टपोण्ड भएको छ । पोस्ट-प्रोडक्सनको काम नसकिएको भन्दै निर्माण पक्षले १५ दिन पछाडी रिलिज धकेलिदिएको छ ।रिलिज सार्नुको कारण पोस्ट-प्रोडक्सन बताइए पनि मुख्य कारण बक्सअफिसको ‘बिग क्ल्यास’ नै हो । अगस्त १५ मा बलिउड सिनेमा ‘मिसन मंगल’ र ‘बटला हाउस’सँगै तलेगु सिनेमा ‘रानारंगम’ र ‘इवारु’ पनि रिलिज हुँदैछन् ।

बिग बजेटको ‘साहो’लाई चार सिनेमासँग प्रतिस्पर्धा गर्दा बक्सअफिसमा घाटा लाग्ने देखिए पछि अगस्त ३० मा सिफ्ट गरिएको हो ।

निर्माताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामि दर्शकलाई उत्कृष्ट दिन चाहन्छौँ । एक्सन सिनलाई उत्कृष्ट बनाउन केहि समय चाहिएको छ । त्यसैले स्वतन्त्रता दिवसको दिनबाट रिलिज सारेका छौँ । तर हामि स्वतन्त्रता र देशभक्ति महिनामै ‘साहो’ रिलिज गर्नेछौँ । हामि यो सालको सबै भन्दा ठुलो फिल्मलाई उचाईमा लिन चाहन्छौँ । स्मरण रहोस, यो भन्दा पहिले पनि ‘साहो’को रिलिज डेट हेरफेर गरिएको थियो ।’

एक्सन, थ्रिलर सिनेमा ‘साहो’मा प्रभास, श्रद्धा कपूर, मन्दिरा बेदी, नील नितिन मुकेशलगायतको प्रमुख भूमिका छ ।