सरौतो टिजर: साइलेन्स किलर सुमीको एक्सन अवतार

सरौतो टिजर: साइलेन्स किलर सुमीको एक्सन अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुमी मोक्तानको केन्द्रीय भूमिका रहेको सिनेमा ‘सरौतो’को टिजर रिलिज गरिएको छ । ५१ मिनेट लामो टिजरमा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ ।सिनेमामा सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेका छिन् । रिभेन्जको कथा भन्ने सिनेमालाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । टिजरमा मुख्य कलाकार विजय लामा, सन्नी सिंह, धिरेन शाक्यलगायत पनि अटाएका छन् ।

राघव कृष्ण गौतमको कथा/पटकथा/संवाद रहेको सिनेमामा युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको पनि अभिनय छ ।

कार्तिक २२ गते रिलिज हुने सिनेमाको एक गीत पनि सार्वजनिक भैसकेको छ । विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।

यही सिनेमाबाट चर्चित छायाँकार हरी हुँमागाईले निर्देशनमा डेव्यु गर्दैछन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमालाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।

https://youtu.be/RlSkHgKf9C8