निता र प्रज्वलको एक्सन लभस्टोरी ‘सोच’ टिजर रिलिज

निता र प्रज्वलको एक्सन लभस्टोरी ‘सोच’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निता ढुंगाना र प्रज्वल गिरी स्टारर सिनेमा ‘सोच’को टिजर सार्वजनिक गरिएको छ । एक्सन लभस्टोरी जनरामा निर्माण भएको सिनेमालाई पूजन सिनेमा (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । सिनेमाको सार्वजनिक टिजरमा मुख्य कलाकार प्रज्वल गिरी, नीता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ ।

आगामी भदौ २० गते प्रदर्शन हुने सिनेमाको पटकथा तथा संवाद कृष्ण आचार्यले तयार पारेका हुन् । ‘सोच’को कथा स्वयंम निर्देशक पूजनको हो । गंगा रजक र एसडी निर्माता रहेको सिनेमामा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी छ । बिदुर पाण्डेले छायाँकन गरेको सिनेमाको सम्पादन प्रितम पाण्डेले गरिरहेका छन् ।सिनेमाको सार्वजनिक टिजरमा नीता र प्रज्वलको प्रेम र रोमान्सलाई पनि स्थान दिइएको छ । निर्माण टिमले सिनेमा एक्सन-लभस्टोरी जनरामा निर्माण भएको बताएको छ । सिनेमाले भरपुर मनोरन्जका साथै सन्देश पनि दिने निर्देशक पुजन बताउँछन् । सिनेमालाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।