केकी र कोसिशको ‘रातो गलबन्दी’ ट्रेलर रिलिज

केकी र कोसिशको ‘रातो गलबन्दी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोशिस क्षेत्री र केकी अधिकारी स्टारर सिनेमा ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रेमको उतार चढावलाई प्रस्तुत गरिएको छ । डेव्यु निर्देशक अनिश थापाको निर्देशनमा निर्माण भएको हो ।

हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको सिनेमाको गीतमा गोबिन्द राईको कोरियोग्राफी रहेको छ । बिनोद खुम्बुको संगीत रहेको सिनेमाको पटकथा तथा संवाद किरण माइकलले लेखेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण हिमाल कडरियाको कथा रहेको सिनेमामा सह निर्माता बासुदेव घिमीरे, अमृता मगैराम र कृष्ण घिमीरे सह निर्माताको रुपमा रहेका छन् ।प्रकाश दुलाल कार्यकारी निर्माता रहेको सिनेमा ‘रातो गलबन्दी’ले भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त सिनेमा भएको निर्देशक अनिश थापा बताउँछन् । सिनेमामा केकी अधिकारी, कोसिश क्षेत्री र बुद्धि तामाङका अलवा हेमन्त बुढाथोकी, अर्जुन गुरुङ सम्रान्त थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।