‘सत्ते पे सत्ता’को रिमेकमा तीन अभिनेत्रीको रेस, को बन्लिन हेमा ?

‘सत्ते पे सत्ता’को रिमेकमा तीन अभिनेत्रीको रेस, को बन्लिन हेमा ?

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका चर्चित मेकर फराह खान र रोहित सेट्टीको सहकार्यमा निर्माण हुन लागेको सिनेमा ‘सत्ते पे सत्ता’को रिमेक कास्टिङको कारण चर्चामा छ ।अमिताभ बच्चन र हेमा मालिनीको इन्टरटेनर सिनेमाको लागि ऋतिक रोशन सम्भवत: फाईनल हुनेछन् । भने, अभिनेत्रीको छनोट चर्चामा छ । सिनेमाको लागि पहिलो रोजाई अनुरुप दीपिका पादुकोणको नाम बाहिर आएको थियो । रोहित र फराहले दीपिकालाई लिडमा लिने योजना बनाएको समाचार बाहिएर ।

त्यसको केहि दिनमै कट्रिना कैफलाई सिनेमाको अफर गरिएको खबरले मिडिया तातिए । पछिल्लो खबर अर्कै छ । सिनेमाको लागि कृति सेनोन नाम पनि जोडिएको छ ।

कट्रिनालाई गरिएको अप्रोच झुटो रहेको बताइएको छ । सिनेमाको लागि कृतिको नाम पनि अगाडी सारिएको छ । तर, यो रेसबाट दीपिका बाहिरिएकी छैनन् । रिपोर्ट भन्छ ‘दीपिका वा कृति मध्ये एकले ‘सत्ते पे सत्ता’को रिमेकमा मौका पाउन सक्छन ।

सिनेमामा छनोट हुने अभिनेत्रीले हेमा मालिनीले निर्वाह गरेको भूमिका पाउनेछन् । भने, ऋतिकले अमिताभको भूमिका निर्वाह गर्नेछन् ।

सिनेमामा रोहितको लगानी र फराहको निर्देशन रहने बताइएको छ । अब हेर्न बाँकी छ, दीपिका र कृति मध्ये कसको भाग्य खुल्नेछ ?