‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ सार्वजनिक

‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘दुबो फुल्यो’ बोलमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई बीचको प्रेम देखाइएको छ ।

सार्वजनिक गीतमा हर्क साउदको शब्द र हेमन्त राना ऋतिका श्रेष्ठको स्वर छ । गीतको निर्देशन रेनशा राई राणा गरेकी हुन् । भने, कोरियोग्राफीको काम वाइल्ड रिपर्ज ग्रुपले सम्हालेको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमा भदौ १३ मा अलनेपाल रिलिज हुँदैछ । बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको सिनेमासँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको सिनेमाको सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।