‘साईनो’ आइटम नम्बरमा नितासँग राजकुमार र राजेन्द्रको ठुम्का

‘साईनो’ आइटम नम्बरमा नितासँग राजकुमार र राजेन्द्रको ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सिनेमा ‘साईनो’ मा समावेश आइटम नम्बर सार्वजनिक गरिएको छ । मंगलबार इन्टरनेटमा रिलिज गरिएको सिनेमाको आइटम नम्बरमा अभिनेत्री नीता ढुंगाना, राज कुमार र राजा राजेन्द्रलाई फिचर्ड गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा किरण भुषालको संगीत, उदय राज पौडेलको एरेञ्ज र मिना निरौलाको स्वर छ ।

सार्वजनिक भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न सकिन्छ । साउन २४ गते रिलिज हुने सिनेमामा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।

सिनेमालाई वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेकी हुन् । अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

रमेश थापा निर्देशित सिनेमाले केही समय पहिले सार्वजनिक शिर्ष गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि आव्हानन गरेको थियो । भने, पहिलो गीत ‘मायालुलाई जात्रैमा भेटियो’ले दर्शकको राम्रो साथ पाएको छ ।