ईशा गुप्ता विरुद्ध अदालतमा मानहानीको मुद्दा दर्ता

ईशा गुप्ता विरुद्ध अदालतमा मानहानीको मुद्दा दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सामाजिक सञ्जालमा हट तस्वीर राखेर चर्चामा आइरहने बलिउड अभिनेत्री इशा गुप्ता केही समय पहिले देखि विवादमा फसेकी छिन् । दिल्लीका एक होटल मालिकले ईशा विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर होटल मालिकले दिल्लीको साकेट कोर्टमा मानहानीको मुद्दा दर्ता गराएका छन् । अगस्ट २८ मा दुबै पक्षलाई बयानको लागि कोर्टमा बोलाइएको बलिउड मिडिया दैनिक भास्करले समाचार सम्प्रेषण गरेको छ ।ईशाले ६ जुलाईमा सामाजिक सञ्जाल मार्फत रोहित विज नामक होटल मालिकले आफूलाई घुरेको आरोप लगाएकी थिइन् । उनले ट्वीटरमा लेखेकी थिइन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन् आम युवतीहरुको झन् के हाल हुन्छ होला । रोहितलाई सजाय दिनैपर्छ । उनी जस्तो पुरुषले गर्दा महिलाहरु आफूलाई एकदम असुरक्षित महसुस गरिरहेका छन् । तिमी मलाई नराम्रो नजरले घुरिरहेका थियौ ।’ रोहितले आफुलाई बलात्कार नै गर्छन् जस्तो लागेको उक्त ट्वीटमा उल्लेख गरेकी थिइन् ।ईशा अभिनीत नयाँ सिनेमा ‘वन डे अस्टिस डेलिभर’ केही समय पहिले प्रदर्शनमा आएको थियो । सोही अवसरमा उनी आफ्नो साथीहरुसँग सिनेमाको खुसियाली साट्न होटल पुगेकी थिइन् । सोही क्रममा ईशाले होटल मालिकले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । होटल मालिकले ईशाले भनेका कुरा गलत र आपत्तिजनक भएको भन्दै मानिसहरुले आफ्नो चरित्रमाथि प्रश्न उठाएको भन्दै ईशा विरुद्धमा मानहानीको मुद्दा दर्ता गराएको भारतीय संचार माध्यमले जनाएका छन् ।