‘कबिर सिंह’ पछि शाहिदको परिश्रमिक ४० करोड ?

‘कबिर सिंह’ पछि शाहिदको परिश्रमिक ४० करोड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो वर्षको सुपरहिट बलिउड सिनेमा ‘कविर सिंह’ले बलिउड अभिनेता साहिद कपुरको क्रेज र करिअरलाई नयाँ मोडमा पुर्याएको छ । सन्दीप रेड्डी वंगाको निर्देशनमा निर्माण भएको साहिद कपुर स्टारर सिनेमाले पहिलो पटक बक्सअफिसमा २ सय करोड क्लवमा सामेल भएका छन् । अहिले शाहिदलाई लिएर सिनेमा निर्माण गर्न सिनेकर्मी लालयित छन् । ‘कबिर सिंह’ले अहिलेसम्म बक्सअफिसमा २ सय ७५ करोड माथिको व्यापार गरिसकेको छ ।कबिर सिंह पश्चात् शाहिदले कुनै पनि सिनेमा साइन गरेका छैनन् । तर, उनलाई सुपरहिट तेलुगु सिनेमा ‘जर्सी’को रिमेकमा अफर गरिएको छ । साहिदले सिनेमामा काम गर्ने वा नगर्ने भन्ने विषयमा केही बोलेका छैनन् । यो सिनेमामा काम गर्नको लागि साहिदले ४० करोडको माग गरेको भारतीय मिडियाले समाचार सम्प्रषण गरेका छन् ।जर्सी’को हिंन्दी रिमेकको अधिकार करण जोहरको धर्मा प्रोडक्शनले खरिद गरेको छ । करणले नै साहिदलाई सिनेमाको लागी अफर गरेका हुन् । तर, पारिश्रमिकको विषयमा भने कुनै पनि सहमती भएको छैन । यो विषयमा अभिनेता शहिद कपुरले पनि मुख खोलेका छैनन् । एउटा कलाकारका लागी सिनेमा सुपरहिट हुँदा करिअर र पारिश्रमिक कसरी उचाइमा पुग्छ भन्ने उदाहरण पनि हो ‘कबिर सिंह’ अनि शाहिद कपुर ।