‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर रिलिज (भिडियो)

‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल, स्वस्तिमा खड्का र सलोन बस्नेत स्टारर सिनेमा ‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता आर्यन सिग्देललाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेतका अलवा संचिता लुइँटेल, प्रियंका कार्की,  शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । साउन ३० मा रिलिज हुने भनिएको ‘हजार जुनीसम्म’ ‘साहो’कै कारण १ साता पछाडी सरेको थियो । सम्पादनको काम नसकिएको भन्दै ‘साहो’ भदौ १३ मा पुगेपछि पुन: ‘हजार जुनीसम्म’ आफ्नै पुरानो मिति साउन ३० मा फर्किएको हो ।विकास राज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमामा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । कविता रेग्मी हजार जुनीसम्मकी कार्यकारी निर्माता हुन् ।