बक्सअफिसमा भिड्दै आमिर र अक्षय !

बक्सअफिसमा भिड्दै आमिर र अक्षय !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अक्षय कुमार स्टारर सिनेमा ‘बच्चन पाण्डे’को निर्माण घोषणा गरिएको छ । बलिउडमा खिलाडी एक्टर अक्षय स्टारर सिनेमा ‘मिशन मंगल’ अहिले चर्चामा छ । ‘मिशन मंगल’ आगामी अगस्ट १५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । केहि दिन अगाडी सार्वजनिक गरिएको सिनेमा ट्रेलरले दर्शकहरूबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

यस्तैमा अक्षयले आफ्नो नयाँ सिनेमाको फस्ट लुक सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । उनले ’बच्चन पाण्डे’ नामक सिनेमाको शुक्रबार फस्ट लुक सार्वजनिक गरेका हुन् । फस्टलुक पोस्टरसँगै अक्षयले सिनेमाको रिलिज मिति पनि पक्का छन् । सिनेमा वर्ष २०२० को क्रिसमसमा रिलिज हुनेछ । अक्षयको सिनेमाको प्रदर्शन मिति घोषणाले आमिर खानसँग उनको वक्सअफिस भिडन्त हुने पक्का भएको हो ।सोही मितिमा यसअघि नै आमिर खान र करिना कपुर खान स्टारर सिनेमा ’लालसिहं चड्ढा’ रिलिज मिति घोषणा भइसकेको छ । यो सिनेमाको निर्माण र प्रदर्शन मितिको घोषणा आमिर खानले आफ्नो जन्मदिनको अवसर पारेर गरेका थिए । अब साही मितिमा अक्षय कुमारले नयाँ सिनेमाको रिलिज घोषणाले बलिउड वक्सअफिसमा तरङ्ग ल्याएको छ । साजिद नाडियालवाले निर्माण गर्ने अक्षयको नयाँ सिनेमालाई फरहाद समजीले निर्देशन गर्नेछन् ।