द सिनेमा टाइम्स, काठमाडौं – वर्ष २०१८ को सुपरहिट कन्नड सिनेमा केजीएफको दोस्रो पार्टको छायाँकन हाल धमाधम चलिरहेको छ । यो सिनेमाको प्रि प्रोडक्सन ताका नै सिनेमामा बलिउड अभिनेता सञ्जय दत्तको मुख्य भुमिका रहने समाचार बलिउड मिडियाले प्रकासन गरेका थिए । अन्तत: सिनेमामा सञ्जयले ‘अधीरा’ नामक चरित्र निभाउने छन्, जुन यो सिनेमाको प्रमुख भिलेन हो ।
आइतबार उनले मुठी बाँधेको र औंठी लगाएको एक पोस्टर सार्वजनिक भएको थियो । सोमबार उनको क्यारेक्टर पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ । पोस्टरमा सञ्जयको लुक्स निकै डरलाग्दो छ । गलबन्दीले आधा अनुहार छोपेका छन् । भने, उनको आँखामा रिस देख्न सकिन्छ । सिनेमामा उनी खतरनाक भिलेनको भूमिकामा प्रस्तुत हुने लागेको पोस्टरले नै प्रस्ट्याउँछ । यो पीरियड ड्रामा ७० को दशकको कार्यकालमा आधारित छ । ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन् । अघिल्लो पार्टमा पनि उनको प्रमुख भूमिका थियो ।
बलिउड मिडियाका अनुसार प्रशान्त नीलको निर्देशनमा तयार भएको सिनेमा केजिएफको दोस्रो पार्टको निर्माण कार्यको अहिले धमाधम भैरहेको छ । सिनेमाको दोस्रो भाग ‘केजिएफ २’मा कन्नड सुपरस्टार यशसँगै बलिउड अभिनेता सञ्जय दत्तको प्रमुख भूमिका रहनेछ । सिनेमाको निर्माण टिमले बलिउड अभिनेता सञ्जय दत्तलाई ‘केजिएफ’को दोस्रो भागमा इन्ट्री गराउने विषयमा गरेको व्यापक छलफल पशचात सिनेमामा अनुबन्धित गरिएको बलिउड मिडियाले जनाएका छन ।

प्रतिक्रिया