‘केजीएफ २’मा अधिरा बन्दै सञ्जय दत्त

‘केजीएफ २’मा अधिरा बन्दै सञ्जय दत्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्ष २०१८ को सुपरहिट कन्नड सिनेमा केजीएफको दोस्रो पार्टको छायाँकन हाल धमाधम चलिरहेको छ । यो सिनेमाको प्रि प्रोडक्सन ताका नै सिनेमामा बलिउड अभिनेता सञ्जय दत्तको मुख्य भुमिका रहने समाचार बलिउड मिडियाले प्रकासन गरेका थिए । अन्तत: सिनेमामा सञ्जयले ‘अधीरा’ नामक चरित्र निभाउने छन्, जुन यो सिनेमाको प्रमुख भिलेन हो ।आइतबार उनले मुठी बाँधेको र औंठी लगाएको एक पोस्टर सार्वजनिक भएको थियो । सोमबार उनको क्यारेक्टर पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ । पोस्टरमा सञ्जयको लुक्स निकै डरलाग्दो छ । गलबन्दीले आधा अनुहार छोपेका छन् । भने, उनको आँखामा रिस देख्न सकिन्छ । सिनेमामा उनी खतरनाक भिलेनको भूमिकामा प्रस्तुत हुने लागेको पोस्टरले नै प्रस्ट्याउँछ । यो पीरियड ड्रामा ७० को दशकको कार्यकालमा आधारित छ । ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन् । अघिल्लो पार्टमा पनि उनको प्रमुख भूमिका थियो ।

कन्नड स्टारर यश अभिनित यो सिनेमालाई हिन्दी भर्सनमा पनि डब गरेर सार्वजनिक प्रदर्शन गरिएको थियो । बलिउड सिनेमाको तुलनामा थोरै पर्दामा रिलिज भए पनि यो सिनेमाले हिन्दी भर्सनमा समेत राम्रो कमाई गरेको थियो । बलिउड सिनेमाका बिजनेश ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘केजीएफ’ हिंन्दी डब भर्सनको हिट सिनेमा हो । सिनेमाका निर्माताले सञ्जयलाई सिनेमामा पक्का गरेसँगै हिंन्दी भर्सनको व्यापारमा थप कीर्तिमान बन्ने विश्वास लिएका छन् ।बलिउड मिडियाका अनुसार प्रशान्त नीलको निर्देशनमा तयार भएको सिनेमा केजिएफको दोस्रो पार्टको निर्माण कार्यको अहिले धमाधम भैरहेको छ । सिनेमाको दोस्रो भाग ‘केजिएफ २’मा कन्नड सुपरस्टार यशसँगै बलिउड अभिनेता सञ्जय दत्तको प्रमुख भूमिका रहनेछ । सिनेमाको निर्माण टिमले बलिउड अभिनेता सञ्जय दत्तलाई ‘केजिएफ’को दोस्रो भागमा इन्ट्री गराउने विषयमा गरेको व्यापक छलफल पशचात सिनेमामा अनुबन्धित गरिएको बलिउड मिडियाले जनाएका छन ।