anmol jasita

‘लभ डायरीज’ गीत रिलिज : रुविनालाई सुन्यौ कि सुनेनौ भन्दै सुशील

‘लभ डायरीज’ गीत रिलिज : रुविनालाई सुन्यौ कि सुनेनौ भन्दै सुशील

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सिनेमाको पहिलो रोमान्टिक गीत रिलिज गरिएको हो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई फिचर्ड गरिएको छ ।

पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । मनाङको भर्जिन लोकेशनमा छायाँकन गरिएको भिडियोमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोलाई सञ्जय लामाले छायाँकन गरेका हुन् । सिनेमामा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।लभस्टोरी कथामा निर्माण भएको सिनेमाको कथा मधु बास्तोलाले लेखेका हुन् । भने, पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । ‘लभ डायरीज’लाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको सिनेमामा सह-निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । सिनेमा असोज ३ गतेबाट अलनेपाल रिलिज हुँदैछ ।