यस्तो छ ‘जजमेन्टल है क्या’को ३ दिने विकेण्ड कलेक्सन

यस्तो छ ‘जजमेन्टल है क्या’को ३ दिने विकेण्ड कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘जजमेन्टल है क्या’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । कंगना रनौट तथा राज कुमार राव स्टारर मनोवैज्ञानिक थ्रिलर ’जजमेन्टल है क्या’ले दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । एक साइकोलोजिकल ब्लक कमेडी सिनेमालाई  प्रकाश कोवेलामुदीले निर्देशन गरेका हुन् ।रिलिजको दिन शुक्रबार ४.२० करोड भारूको कारोबार गरेको सिनेमाले दोश्रो दिन शनिबार त्यसमा ५० प्रतिशतले बढोत्तरी गर्दै ११.२ करोड भारूको कारोबार गरेको भारतीय वक्सअफिससम्बन्धी समाचारका लागि चर्चित अनलाइन पोर्टल कोईमोई डटकमले जनाएको छ । बलिउड मिडियाका अनुसार पहिलो सप्ताहन्त (शुक्रबार, शनिबार र आइतबार) गरेर सिनेमाले कुल २२.०४ करोड भारू कमाएको छ ।सिनेमा आफ्नो नामलाई लिएर पहिलादेखि नै चर्चा र विवादमा थियो । सिनेमाको नाम ‘मेन्टल हे क्या’ बाट बदलेर ‘जजमेन्टल हे क्या’ राखिएको हो । कंगना र राजकुमारका अलावा बृजेन्द्र काला, जिम्मी शेरगिल र अमायरा दस्तूरको पनि प्रमुख भूमिका छ ।

सिनेमाले एकल पर्दामा भने सोचे अनुरूपको व्यापार गर्ने नसकेको बलिउड मिडियाले समाचार सम्प्रेषण गरेका छन् । सिनेमाले समीक्षक र दर्शकबाट राम्रो रेटिङ र प्रतिक्रिया पाइरहेको छ । सोहि मितिमा रिलिज भएको अर्को सिनेमा ’अर्जुन पटियाला’ले ३ दिनमा करिब ५ करोड भारू व्यापार गरेका बलिउड मिडियाले जनाएका छन् ।