सुजाता र दिवशको एक्सन, लभस्टोरी ‘रे’ ट्रेलर रिलिज

सुजाता र दिवशको एक्सन, लभस्टोरी ‘रे’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, लभस्टोरी कथामा निर्माण भएको सिनेमाको ट्रेलर मंगलबार इन्टरनेटमा रिलिज गरिएको हो । आगामी साउन २४ गते रिलिज हुने सिनेमाको सार्वजनिक ट्रेलरमा सुनिल थापा, सुजाता थपा, दिवश धितालवीचको माया, प्रेम र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।

सगुन फिल्मसको ब्यानरमा निर्मित सिनेमामा पुर्णिमा लामा, क्रान्ति बराइली, अभिषेक जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा पनि निर्देशक पौडेलले नै तयार पारेका हुन् । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि सिनेमाको कथा घुम्ने बताइएको छ ।एक्सन, लभ, रोमान्स, कमेडी सबै खुराक सिनेमामा रहेको निर्देशक पौडेल बताए । राजेन्द्र त्रिपाठी सिनेमाका निर्माता हुन् । यो सिनेमालाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् । सिनेमामा अभिनेता किशोर खतिवडाको विशेष भूमिका रहेको छ । कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखे र महेन्द्र थापाको सम्पादन सिनेमामा रहेको छ ।