‘मारुनी’ ट्रेलर: पति-पत्नी र प्रेमिका बीचको द्वन्द

‘मारुनी’ ट्रेलर: पति-पत्नी र प्रेमिका बीचको द्वन्द

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘मारुनी’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम, त्याग र प्राप्ति बयान गर्छ ।नवल नेपाल निर्देशित सिनेमाको ट्रेलरले पत्नी र प्रेमिका बीच पतिको सम्वन्ध देखाउँछ । त्रिकोणात्मक प्रेमकथामा रेविका गुरुङ र पुष्प पति-पत्नीको रुपमा छन् । भने, साम्राज्ञी प्रेमिका बनेकी छन् । यसअघि ‘मङ्गलम’मा मर्न पाउने अधिकारको वकालत गरेका निर्देशक नेपालले यसपटक पनि गहकिलो कन्टेन्ट उठाएको बताएका छन् ।

पारिवारिक प्रेमकथानक सिनेमा बनाउन माहिर मानिने नेपालले तीजमा ‘मारुनी’ रिलिज गर्दैछन् । भदौ १३ सिनेमाको आधिकारिक रिलिज डेट हो । पुनम गौतमले निर्माण गरेको सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा दीपक बज्राचार्य/अर्जुन पोखरेल/कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल/नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।